स्वीडेनको स्टकहोल्ममा बुद्ध जयन्ती कार्यक्रम सम्पन्न

Published On: Saturday, April 28, 2018 | Source: NRNA SWEDEN
राज कुमार पाठक
स्वीडेन । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् स्वीडेनले प्रत्येक बर्ष मनाउदै आएको बुद्ध जयन्ती धुमधामका साथ स्टकहोल्ममा सम्पन्न भएको छ।
स्वीडेनवासी नेपालीहरु तथा विदेशीहरुको बाक्लो उपस्थिति रहेको बुद्ध जयन्ती समरोहमा बुद्ध नेपालमा जन्मिएको हो भन्ने नाराका साथ बुद्धको तस्विर, ब्यानर र प्ले कार्डका साथ स्वीडेनको राजधानी स्टकहोल्मको सेन्टर क्षेत्र परिक्रमा गरेको थियो।  
 
सो कार्यक्रम मार्फत नेपालमा पर्यटकीय वातावरण एकदमै राम्रो रहेको छ भन्ने संदेशका साथ संसारभरीबाट नेपाल घुम्न जान बिदेशीहरुलाई अनुरोध तथा प्रोत्साहन गरिएको थियो। 
समारोहमा रेडियो नेपालका प्रस्तोता तथा एन टिभीका मेरो संदेश कार्यक्रमका संचालक तथा पत्रकार लक्ष्मण हुमागाईको समेत उपस्थिति रहेको थियो। 
 
समारोहमा पत्रकार हुमागाईले उपस्थित भएका सम्पूर्ण नेपाली तथा विदेशीहरुका माझ नेपालका लागि संदेश कार्यक्रम संचालन गरेका थिए भने ओएस नेपालले कार्यक्रमको लाईभ प्रसारण गरेको थियो।   
परिस्थितिवस दुई दिन अगाडिनै बुद्ध जयन्ती मनाउन परेको भन्दै आ आफ्नो व्यस्तताका बाबजुद पनि समारोहमा उपस्थिति जनाई समारोहको शोभा बढाई दिने सम्पूर्णमा गैर आवासीय नेपाली संघ स्वीडेनका अध्यक्ष अर्जुन कुमार श्रेष्ठले धन्यवाद र कृतज्ञता प्रकट गरे। समारोह एकदमै शान्त वातावरणमा र उपलब्धि मूलक रहेको कुरा अध्यक्ष श्रेष्ठले प्रष्ट पारे।
(source:dcnepal.com)