गैर-आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्वीडेनको “तेश्रो बार्षिक साधारण सभा”


गैर-आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्वीडेनको “तेश्रो बार्षिक साधारण सभा” संघका अध्यक्ष चिरन्जिबी खरेलको अध्यक्षतामा सेप्टेम्बर ३ तारिख स्वीडेनको राजधानी स्टकहोल्ममा सम्पन्न भएको थियो । संयुक्त रुपमा कार्यक्रमको उद्धाटन प्रमुख अतिथि, संस्थापक अध्यक्ष एबं पर्यबेक्षक स्वीडेनका आई सी सी सदस्य नबिन थपलिया र अध्यक्ष चिरन्जिबी खरेलले प्रोजेक्टर मार्फत गर्नु भएको थियो । नेपाली राष्ट्रिय गान बजाएर शुरु गरिएको कार्यक्रमको संचालन भने संस्थाका महासचिब अर्जुन श्रेष्ठले गर्नु भएको थियो ।

Source: NRNA SWEDEN