गैरआवासीय नेपाली संघ स्वीडेनको सदस्यता वितरण तथा नविकरणको सूचना !

Published On: Monday, April 22, 2019 | Source: NRNA SWEDEN

"तपाईंको सदस्यता , 
संस्थाको आवश्यकता "
आउनुहोस् एन आर एन, स्वीडेनको सदस्य बनौँ ! 

एन आर एन, स्वीडेन अनेक उकाली ओराली गर्दै झण्डै  १२०० नेपालीहरुको हाराहारीमा रहेको स्वीडेनमा एक दरिलो संस्थाको रुपमा स्थापित भैसकेको र बिभिन्न खाले संघ संस्थाहरु माझ आफुलाई अग्रणी स्थानमा उभ्याउन पनि सफल भैसकेको छ । सँसारका ८० देशमा फैलिएको र नेपालमा बिधिवत रुपमा दर्ता भएको गैर-आवाशिय नेपाली संघको आजै सदस्य बनौं र छरिएर रहेका हाम्रा आवाज अनी सामर्थ्यलाई एकजुट गरौँ। बाहिर बसेर भन्दा पनि संस्थाको सकृय सदस्य बनि सँस्थाका लागि सल्लाह, सुझाव, समर्थन अनी आलोचना गर्ने समय तपाइँ हाम्रो काधमा आईसकेको छ । 

यस सस्थालाई यहाँ सम्म ल्याउनको लागि यहाँहरु गरेको सहयोग प्रती यस संस्था सधै आभारी छ/हुनेछ ।  यो संस्था तपाई हाम्रो साझा चौतारी हो ।
"नेपालीका लागि नेपाली" भन्ने नारा सहित अगाडी बढेको यस संस्था "गैर आवासीय  नेपाली संघ " सदैब प्रबासमा बस्ने नेपालीका हकहित  तथा अधिकारका लागि  लडिरहेको छ र सदैब लडिरहनेनै छ । फल स्वरुप प्रबासी नेपालीका हकहितका बिषयमा सम्बोधन भएका छन । नेपाली प्रबासीका केही अधिकार सुनिस्चित पनि भएका छन भने केहि सुनिस्चित हुन बाकी नै छन । ति सुनिस्चित हुन बाकी भएका अधिकार प्राप्ती त्यो बेला सम्भव हुनेछ जब तपाईं हामी जस्ता प्रबासी नेपालीहरु एकजुट भई आवाज बुलन्द बनाइ एकसाथ अधिकारको लागि लडने छौ ।
तसर्थ ति आवाज एकसाथ आधिकारिक रुपमा बुलन्द बनाइ लडन तथा आफ्नो अधिकार माग्न तपाईं हामी एकजुट हुनु उत्तिकै खाँचो छ भने आधिकारिक रुपमा तपाईं हामी नेपाली बिदेशी भुमीमा रहेको र आफ्नो देश नेपाल प्रती  माया कहिल्लै पनि कमी नभएको समेत जनाउन यस संस्थामा सदस्यता बन्नु त्यतिकै खाँचो रहेको कुरा अबगत तथा अनुरोध गराउन चाहन्छौं । 

एन आर एन ए, स्वीडेनको पाँचौ महाधिबेसन यहिँ अगष्ट महिनाको १७ तारिक २०१९ का दिन स्टकहोल्ममा हुन गैरहेको जानाकारी गराउदै स्वीडेनमा बसोबास गर्ने सम्पूर्ण नेपालीहरुलाई यो सँस्थामा आवद्द भईदिन बिनम्र अनुरोध गर्दछौँ । सदस्यता लिनको लागि गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय परिषदको Global MIS (Management of Information System) मा रहि नयाँ सदस्यता आवेदन दिनुपर्नेछ । 
यहाँहरुले  भर्नु भएको डाटा हामि सँग र त्यसको कपि केन्द्र सँग सुरक्षित रहने र कुनै किसिमको Miss use नहुने प्रतिबद्दता व्यक्त गर्दछौ ।

राष्ट्रिय समन्वय परिषद स्वीडेनको पाँचौ महाधिवेशनमा भाग लिनको लागि देहाय बमोजिमका रित पुगी सदस्यता शुल्क तिरेका ब्यक्तिहरु पञ्जीकृत सदस्य बन्ने गरी आगामी जुन १० तारिक २०१९ सम्मको लागि सदस्यता फारम खुलेको जानकारी यही सूचना मार्फत अवगत गराउन चाहन्छौं ।

क) २२ सेप्टेम्बर २०१८ मा सम्पन्न एन आर एन ए स्वीडेनको चौथो साधारण सभाबाट पारित गैर-आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्वीडेनको संशोधित बिधान २०१८ को परिच्छेदको खण्ड ६ बमोजिम योग्यता पुगेको हुनुपर्नेछ । जस अनुसार स्वीडेनको बसाइ २ बर्ष पुरा भएको हुनुपर्नेछ । दुइ बर्ष भन्दा बढि दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन अन्तर्गतका मुलुकहरु बाहेक अन्य देशहरुमा नेपाल सरकारबाट खटिइ बिदेश स्थित नेपाली नियोगहरुमा बहाल रहेको र बिदेश स्थित शिक्षण संस्थाहरुमा अध्ययनरत रहेका नेपाली नागरीक बाहेक पेशा, रोजगारी तथा व्यवसाय गरी बसोबास गर्ने नेपाली नागरिक यस सँस्थाको साधरण सदस्य रहनेछन् ।

ख) सदस्यता बापत १५० स्वीडिस क्रोनर सदस्यता शुल्क बैंक मार्फत बुझाउनु पर्नेछ । यदि बैंक मार्फत बुझाउन असमर्थ हुनेको लागि सदस्यता शुल्क नगद पनि  लिइने छ । 

ग) सदस्यता शुल्क बुझाउँदा आफ्नो पूरा नाम स्पष्ट लेख्नु पर्नेछ । फारममा दिइएको एन आर एन ए स्वीडेनको बैंक खाता मा शूल्क बुझाउनु पर्नेछ । 
हाम्रो बैंक खाता 
Plus giro 581185-6 
Nordea Bank

घ) सदस्यता लिनको लागि १८ बर्ष उमेर पुगेको नेपाली नागरिक वा नेपाली मूलको बिदेशी नागरिक हुनुपर्नेछ । 

ङ) अनलाइन फारम मात्र भर्ने व्यवस्था रहेको र फारममा उल्लेख भएको सम्पूर्ण बिबरण भर्नु पर्नेछ । फारममा उल्लेखित आफ्नो पासपोर्ट साईजको फोटोको साथै Valid पासपोर्टको कपि वा फोटो सहितको स्वीडिस आई डी कार्ड अनिबार्य अपलोड गर्नु पर्नेछ। 

नोट : पंजीकृत सदस्य बन्ने ब्यक्तिले दिएको बिबरणमा कुनै संका लागेमा छानबिन गर्ने अधिकार NRNA, SWEDEN  मा निहित रहनेछ । 

तसर्थ गैर आवासीय नेपाली संघ स्वीडेनको बर्ष १९-२१ को सदस्यता अनलाईन फाराम भर्न आज बाट सुरू भएको  जानकारी गराउदै फारम भर्दा कुनै समस्या परेमा तलका सदस्यता नवीकरण समितिका सदस्यहरु संग सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ ।
१) दिनेश श्रेष्ठ महासचिब 072-333 09 99
२) राजकुमार पाठक सचिब 073-997 37 99
३) घनश्याम पुन कोषाध्यक्ष 073-370 23 38
४) प्रमोद अर्याल युवा संयोजक 073-503 46 23
५) उषा गौतम महिला संयोजक 076-010 35 50
https://mero.nrna.org/user/register रजिस्ट्रड गर्ने लिंक 

धन्यबाद । 

गैर आवासीय नेपाली संघ, स्वीडेन

https://mero.nrna.org/user/register