एनआरएनए स्वीडेनद्धारा राजदुत लम्सालको टोलीलाई भब्य स्वागत

Published On: Saturday, September 15, 2018 | Source: NRNA SWEDEN

स्वीडेन । गैर आवासीय नेपाली संघ स्वीडेनले राजदुत युवनाथ लम्साललगातको विशिष्ट टोलीलाई भब्य स्वागत गरेको छ ।

१४ सेप्टेम्बर २०१८ का दिन नेपाली राजदुताबासको कार्यलय डेनमार्कबाट आएका लम्सालसँग प्रवासी नेपालीहरुका समस्या र चुनौतिका बारेमा अन्तरक्रिया समेत गरियो ।

स्वीडेनको राजधानी स्टकहोलमा आयोजित कार्यक्रम राजदुत लम्सालकी धर्मपत्नी हीरा लम्साल, उपनियोग प्रमुख डोरनाथ अर्याललाई पनि सोही अवसरमा स्वागत गरिएको हो ।

बृहत अन्तरक्रिया कार्यक्रममा उपस्थित प्रवासीहरुले प्रवासमा बस्दा नेपालीहरुले भोगेका समस्याहरु, नेपाल सरकारले नेपालीका लागि चाल्नु पर्ने कदमका साथै प्रवासमा बस्ने नेपालीहरुका निम्ची राजदुताबासबाट हुनुपर्ने सहयोगका बारेमा ब्यापक बहस भएको थियो ।
एनआरएनए स्वीडेनका अध्यक्ष अर्जुनकुमार श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा श्रेष्ठले अथितिहरूलाई खादा ओडाएर स्वागत र सम्मान गरेका थिए ।

संघका सचिब राजकुमार पाठकले संचालन गरेको कार्यक्रममा उपस्थित प्रवासीहरुले दुताबास र प्रवासीहरुको समस्या साथै समाधानको बारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा नविन थपलिया, चिरन्जीवी खरेल, केशव प्याकुरेल, लक्ष्मी भण्डारी, शैलेश उपाध्याय, महेस केसी साथै संथाका महासचिब दिनेश श्रेष्ठ, सचिव राजकुमार पाठक लगायतले राखेका जिज्ञासाहरुलाई राजदुत लम्साल र उपनियोग प्रमुख अर्यालले सरल शैलीमा ब्याख्या गरी जिज्ञासाका बारेमा बताइदिएका थिए ।

कार्यक्रममा राहदानी बनाउने निती नियम तथा सुलभ तरिका , नेपाली मुलका बिदेशी नागरिकका नेपालमा हुने र पाउने अधिकार तथा नेपालमा भएका आफ्ना सम्पत्तिका संरक्षण, नेपाल राजदुताबासले प्रबासमा नेपालीको हकहितका लागि चाल्नु पर्ने कदम, स्वीडेन सरकारसँग कुटनीतिक सम्बन्ध बढाइ स्विडेनबाट पाउने सक्ने प्रत्यक्ष लाभ उपभोग गर्नु पर्नेमा जोड दिइयो ।

कार्यक्रममा स्वीडेनमा जनरल कन्सुलेटको नेपाली समुदाय प्रतिको भूमिका तथा कर्तब्यको बारेमा जिज्ञासा राख्नुका साथै कन्सुलेट प्रति स्वीडेनमा रहेका नेपाली समुदाय असन्तुष्ट रहेको जानकारी गराउने विषयमा छलफल भएको थियो ।