दौड प्रतियोगिता

Published On: Sunday, September 30, 2018 | Source: NRNA SWEDEN


गैर-आवासीय नेपाली संघ, स्वीडेनको सुचना एबं निमन्त्रणा 
••••••••••••••••••••••••••••••••••••••••••••••

गैर-आवासीय नेपाली संघ, राष्ट्रिय परिषद स्वीडेनले यहि आउदो अक्टोबर महिनाको १३ तारिक २०१८ का दिन स्वीडेनको राजधानी स्टकहोल्ममा दौड प्रतियोगिताको आयोजना गर्न गैरहेको छ ।

"Run For Nepal" नाम दिइएको सो प्रतियोगितामा सम्पूर्ण उमेर समुहका दाजु भाई, दिदि बहिनि, बा आमाहरु सहभागि हुन सक्नु हुनेछ । यो बिशुद्द मनोरंजन एबं भेटघाटको माध्यम पनि हुने छ ।प्रतियोगिता प्रतिस्पर्धा भन्दा पनि मनोरन्जनात्मक हुने हुदा १० बर्ष भन्दा माथि उमेर समूहका जो कोहि पनि भाग लिन सक्नु हुनेछ । "स्वास्थ्यका लागि दौड" भन्ने नाराका साथ आयोजना गर्न गैरहेको सो कार्यक्रममा सहभागि जनाई दिन हुन सम्पूर्ण स्वीडेनबासिहरुमा स-बिनय अनुरोध गर्दछौ ।

टि सर्ट बिक्रिबाट बचत हुन आएको रकम नेपालको सामाजिक क्षेत्र परोपकारी कार्यमा खर्च गरिने छ ।

मिति: १३ अक्टोबर २०१८ शनिबार 
कार्यक्रम ( दौड प्रतियोगिता) हुने स्थान:
Hökarängen र Gubbängen बिचको Park
समय: ठिक मध्यान्ह १२:०० बजे 
दौडिने दुरी : पुरुष ४ किमि 
महिला २ किमि

नोट: 

१) दौड प्रतियोगितामा सहभागि हुनको लागि अग्रिम नाम रजिस्टर गरी "Run For Nepal"लेखिएको टि सर्ट लगाएर मात्र भाग लिन पाइनेछ । नाम रजिस्टर गर्ने अन्तिम मिति अक्टोबर १० तारिक बेलुकी १२ बजे सम्म रहने छ ।

२) प्रतियोगितालाई २ उमेर समुह पुरुष र एक उमेर समुह महिलामा विभाजित गरिनेछ ।
पहिलो पुरुष उमेर समुह १४ बर्ष देखि ३० बर्षको रहने छ ।
दोश्रो पुरुष उमेर समुह ३० बर्ष भन्दा माथिको रहनेछ ।
महिलाको लागि एकै उमेर समुह १० बर्ष भन्दा माथि रहनेछ । 
( १० बर्ष भन्दा माथि १३ बर्ष सम्मका भाई बहिनिहरुको संख्या बढी भएको खण्डमा उनीहरुको लागि पनि नयाँ समुह बनाउन सकिने छ) ।

३) दौड प्रतियोगितामा प्रथम, दृतिय र तृतीय हुने लाई पुरस्कार र प्रमाण पत्रको ब्यबस्था गरिएको छ ।

४) आफु दौडमा सहभागि नभए पनि उपस्थित भई दौडने साथी भाई हरुलाई हौसला दिन सक्नु हुनेछ ।

५) जो सुकै व्यक्तिले पनि लेखिएको टि सर्ट खरिद गरि सहयोग गर्न सक्नु हुनेछ ।

पुनश्च : खाजा (ब्रेड, ड्रिंक्स, ससेज) को पनि व्यवस्था गरिएको छ

धन्यवाद !
एन आर एन ए, स्वीडेन