समर ग्रिल पार्टीको निमन्त्रणा 

Event Date: 22 Jun 2018-23 Jun 2018 | Source: NRNA SWEDEN
समर ग्रिल पार्टीको निमन्त्रणा 
--------------————

आदरणीय सम्पूर्ण स्वीडेनवासी दाजुभाई तथा दिदीबहिनीहरु, 

NRNA SWEDEN ले हरेक वर्षको समरमा गर्दै आएको "Barbecue Grill Party" लाई निरन्तरता दिने क्रममा यस बर्ष पनि यहिँ आउँदो जुन २३ तारिक शनिबार (मिड समर) का दिन Hässelby Strand मा रमाइलो ग्रिल पार्टी र भेटघाट कार्यक्रम गर्न गैरहेको सुचना अबगत गराउन चाहन्छौ ।

स्वीडेनबासि नेपालीहरुका बिच भाइचारा र आत्मियता बढाउने, रमाइलो गर्ने अनि बर्षौ सम्म भेट हुन नसकेको साथीभाई, दिदि बहिनिहरु सँग भेटघाट हुने माध्यम पनि भएको हुनाले सबै उमेर समुहका स्वीडेनबासि नेपालीहरुलाई चुल्है निम्तो दिदै उपस्थितिका लागि सादर निमन्त्रणा गर्दछौ ।

मिति: २३ जुन २०१८, शनिबार 
समय: दिनको १४:०० बजे देखि 
स्थान: Hässelby Strand Beach side
प्रबेश शुल्क: ५० सेक मात्र 
१५ बर्ष भन्दा मुनिका बाबु नानीहरुलाई निशुल्क 

नोट: कारणबस उपस्थित हुन असमर्थ हुनु हुने अभिभाबकहरुले आफ्नो छोरा, छोरीहरूलाई सो रमाइलो पार्टीमा पठाई दिन हुन पनि बिशेष अनुरोध गर्दछौ ।आफ्नो सहभागि कन्फर्म गर्नको लागि फेसबुकको इभेन्टमा गई (going) गरिदिनुहोला ताकि खाना ब्यबस्थापन गर्न आयोजकलाई सजिलो होस् ।

एन आर एन ए, स्वीडेनको सदस्य बन्नु भई फोटो उपलब्ध गराउनु भएका महानुभाबहरुको आई डी कार्ड प्रिन्ट भएर आई सकेको छ तसर्थ सोहि दिन उपस्थित भएर आफ्नो कार्ड पनि लिन सक्नुहुनेछ । 

धन्यबाद !
एन आर एन ए, स्वीडेन